कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।
सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् ।
नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेकाे हाे । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।