दाङ- दाङको राप्ती गाउँपालिकामा ८५ प्रतिशत ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाबाट बचाउन खोप लगाउने निर्णय गरेसँगै राप्तीका ९ वटै वडाका १ हजार ७ सय ३९ जना ज्येष्ठ नागरिकले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
गाउँपालिकाले सूचना प्रवाह गरेपछि र सुविधाका लागि केही वडाले सवारी साधन उपलब्ध गराई ज्येष्ठ नागरिकलाई खोप लगाउने सुविधा दिएपछि शतप्रतिशत लक्ष्य हासिल भएको हो ।
४ वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देवीकोट स्वास्थ्य इकाइ र चन्दुली खोप केन्द्रबाट ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको थियो । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने अभियान सफल भएको संयोजक राउतले बताए ।