सुर्खेत- सुर्खेतको लेकबेँसी नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा आइतबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
पहिलो चरणका नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार सुरक्षा निकाय र गैरसरकारी संघसंस्थाका कर्मचारीका लागि खोप लगाउन सुरु गरिएको लेकबेँसी नगरपालिका प्रमुख गगनसिं सुनारले जानकारी दिए ।
प्रमुख सुनारले नगरबासीलाई विभिन्न चरणमा गरी खोप लगाइने बताए । यस पटक नगरपालिकामा २ सय ८८ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका खोप अधिकृत जितलाल ढकालले जानकारी दिए ।