रूपन्देही– हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुरूप तिलोत्तमा नगरपालिकाको वडा नम्बर १५ मा पनि स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख घिमिरेले आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने सरकारी नीतिअनुरूप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
योसँगै तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । बाँकी १ वडामा छिट्टै स्वास्थ्य संस्था पु¥याउने गरी काम अघि बढेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवा उपलब्ध रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।
बाँकी १ वडामा छिट्टै स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने गरी काम अघि बढेको नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतमको भनाइ छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष खेमराज गुरुङलगायत सहभागी थिए ।