धनुषा- शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले परिपत्र जारी गर्दै अन्तरपालिका शिक्षा सरुवा रोक्का गरिएको बताएको छ ।
धनुषाका १८ स्थानीय तहअन्तर्गत सबै सामुदायिक विद्यालयको हकमा लागू हुने गरी समितिले २१ माघमा पत्र पठाएको हो ।
पालिकाहरूमा शिक्षक विवरण अद्यावधिक गर्ने कार्य भइरहेको र दरबन्दी मिलानको कामसमेत अगाडि बढिरहेकाले सरुवा रोक्का गरिएको हो ।