close

खोप लगाएपछि हुने सम्भावित जोखिमकाे अनुगमन गर्न टोली तयार

खोप लगाएपछि हुने सम्भावित जोखिमकाे अनुगमन गर्न टोली तयार

Trulli
ADVERTISEMENT

अछाम- देशैभर कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम जारी छ । अछाममा अभियानको दोस्रो दिन बिहीबार स्वास्थ्यकर्मीदेखि कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

 

स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका गरेर २ सय जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका गणेश सुनारले जानकारी दिए ।

 

एनका अनुसार ५६ पुरुष र १ सय ४४ जना महिलालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।


खोप लगाएपछि हुने सम्भावित जोखिम अनुगमन गर्न टोली

 

कोरोनाविरुद्धको खोप लगाउँदा हुन सक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि जिल्ला अस्पताल अछामले एउटा टोलीलाई तयारी अवस्थामा राखेको छ ।

 

खोप लगाउँदा हुन सक्ने सम्भावित जोखिमलाई लक्षित गर्दै जिल्ला अस्पतालका डा. अतुल भारद्वाज, डा. दिनेश गिरी, अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसीसहितको टिम तयारी अवस्थामा रहेको अस्पतालले जनाएको हो ।


प्रजिअको खोप अभियान अनुगमन 

 

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय सम्मिलित टोलीले कोभिड-१९ विरुद्धको खोप अभियान अनुगमन गरेको छ ।

 

प्रजिअ सम्मिलित टोलीले जिल्ला अस्पतालमा सञ्चालन भइरहेको खोप अभियानको अनुगमन गरेको हो ।