चितवन (माडी)- चितवनको माडी नगरपालिकाका स्वास्थ्यकर्मीलाई बुधबारबाट कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाउन थालिएको छ ।
पहिलो चरणमा माडी क्षेत्रमा कार्यरत १ सय ५० जना स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक र कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रहेका कर्मचारीलाई खोप लगाउन लागिएको माडीका जनस्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीले जानकारी दिए ।
माडीमा पहिलो खोप भने बघौडा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. रञ्जु सिंह र जनस्वास्थ्य संयोजक सुवेदीले लगाउनेछन् । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यमा स्वास्थ्यकर्मीलाई खोप दिने कार्यक्रम छ । १ सय ५० जनालाई पुग्ने खोप माडी आइपुगेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले ११ वटै जिल्लामा बिहान १० बजेदेखि पहिलो चरणको खोप लगाउन सुरु गरेको हो