close

दक्षिण ललितपुरको प्युटारमा बन्यो सुविधा सम्पन्न अस्पताल

दक्षिण ललितपुरको प्युटारमा बन्यो सुविधा सम्पन्न अस्पताल

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुरको  दक्षिण पहाडी क्षेत्रमा रहेको बाग्मती गाउँपालिका स्तरीय अस्पताल भवन निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । बाग्मती गाउँपालिकाको वडा नम्बर ४ प्युटारस्थित थान्सिङ्गटारमा भवन निर्माण भएको हो ।


आर्थिक वर्ष २०७५÷०७६ मा बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत गाउँपालिका भवन निर्माणको  लागि ३ करोड ६० लाख बजेट विनियोजन भएको थियो ।


ज्ञानज्योति बिल्डर्सले कुल २ करोड ३ लाख रुपैयाँको लागतमा अस्पताल भवन सम्पन्न गरेको गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बताए । अब छिटै नै सेवा सुरु गर्ने बताईएको उक्त अस्पतालबाट सिंगो गाउँपालिकासहित महांकाल गाउँपालिकाको ठुलादुर्लुङ्ग, मकवानपुरको बाग्मती र बकैया गाउँपालिका, काभ्रे जिल्लाको खानीखोला गाउँपालिकालगायतका वासिन्दा लाभान्वित हुन सक्नेछन् ।
 

बाग्मती प्रदेश सभा सांसद चेतनाथ संजेलले आफूले चुनावी घोषणापत्रमै उल्लेख गरेको गाउँपालिका स्तरीय अस्पताल निर्माणको काम पुरा हुँदै गरेको बताए ।  उक्त अस्पतालमा सेवा सुरु भएपछि आकस्मिक, ओपिडी सेवालगायत ल्याब, एक्स रे, भिडियो एक्स रे लगायतका सेवा उपलब्ध हुने छ भने १ जना एमडी, २ जना एमबीबीएस डाक्टर रहने सञ्जेलको भनाई छ ।


विगतमा सामान्य बिरामी हुँदासमेत उपचारका लागि पाटन नै धाउनुपर्ने वाध्यताका कारण उपचार नपाएर ज्यानै गुमाउनुपर्ने अवस्थाबाट पिल्सिएका दक्षिण ललितपुरबासी प्युटारमा अस्पताल बन्दा खुसी देखिएका छन् ।