close

हुम्लाका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्यामा बढ्याे

हुम्लाका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्यामा बढ्याे

Trulli
ADVERTISEMENT

हुम्ला - जिल्लाको सर्केगाड गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बिहीबार र शुक्रबार गरी २ दिन सञ्चालन भएको वार्षिक समीक्षा गोष्ठीमा सर्केगाडमा रहेका ६ स्वास्थ्य संस्थाले वर्षभरका कामको फेहरिस्त प्रस्तुत  गरेका थिए ।

 
बैठकमा सर्केगाडमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको अवस्था, नियमित बालबालिकामा लगाइने खोप, औषधीको पहुँचलगायतका विषयमा समीक्षा भएको रिप स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रसिंह कार्कीले बताए ।


‘यो वर्ष सर्केगाडमा ८० प्रतिशत बढी बालबालिकालाई खोप लगाइएको छ भने ६ स्वास्थ्य चौकीमा ५० प्रतिशत महिलालाई प्रसूति गराइएको छ’, कार्कीले भने  ।


सरकारको नियमअनुसार ९० प्रतिशत बढी बालबालिकालाई खोपको पहुँचमा पुर्‍याउनुपर्ने भए पनि भौगोलिक विकटताका कारण समयमै औषधी नपुगेकाले सोचेअनुरुप सफलता हासिल हुन नसकेको कार्कीले जानकारी दिए ।


‘माग फारामअनुसार औषधी र खोप नपुग्नु, ढुवानीलगायतका समस्याका कारण लक्ष्य भेट्याउन नसकिएको हो’, उनले भने ।


पछिल्लो समय स्वास्थ्य चौकीमा प्रसूति गराउने महिलाको संख्यासमेत बढेको छ । यातायात असुविधा र अन्य विविध समस्याका बाबजुद  सोही पालिकाका साँया, रिप, उनापानी, जैरलगायत गाउँका बढीजसो महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति गराउने गरेको कार्कीले बताए ।


भौगोलीक विकटताका कारण समयमै खोप नपुग्नु, जनचेतना अभाव, स्थानीय तहले प्रभावकारी भूमिका नखेल्दा सोचेअनुरुप काम गर्न नसकिएको कार्कीको गुनासो छ ।