दैलेख– दैलेख सदरमुकाम भित्रै एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएपछि नगरले नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका कामहरु एक साता बन्द गर्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ । नगरपालिका भित्रै बसोवास गर्ने, व्यापारी, बैकका कर्मचारी र नारायण नगरपालिकाका कर्मचारीहरुमा संक्रमण देखिएको हो ।
संक्रमितहरुको संख्या एकाएक बढेपनि सुरक्षा सर्तकता भने सून्य छ । सदरमुकाम दैलेख बजारमा हजारौंको संख्यामा ओहोरदोहोर हुने गरेको छ । न सामाजिक दुरी कायम छ, न त मास्कनै प्रयोग गरिएको छ । यस्तो लापरवाहीले अवस्था झनै जटिल बन्दै जाने संकेत गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरन्जन पन्तले बताए ।
नारायण नगरपालिका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकाले आज देखि एक हप्ताका लागि नगरपालिका शिल गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ भने स्थानीय बासिन्दाहरुलाई सुरक्षा सर्तकता अपनाउन सुझाव दिइएको छ ।
दैलेखमा हालसम्म १ हजार १ सय ७९ जनाा कोरोना संक्रमण देखिएका मध्ये ७० जना विभिन्न आइसोलेसन र होम आइस।ोलेसनमा छन् । बाँकी सन्चो भएर घर फर्किसकेका छन् । हालसम्म दैलेखमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।