close

दुई लाखको औषधि दिने मनकारी बोहोरा

दुई लाखको औषधि दिने मनकारी बोहोरा

Trulli
ADVERTISEMENT

हुम्ला- जसले जहाँबाट जे सक्छ त्यहि सहयोग गर्ने हो । स्वास्थ्य सेवामा सक्रिय हुम्लाकी सिनियर अनमी सरिता बोहराले औषधि दिएर सहयोग गरेकि छिन् । जिल्ला अस्पतालमा कार्यरत बोहोराले जनस्वास्थ्य कार्यालय हुम्लालाई दुई लाखको औषधि हस्तान्तरण गरेकि हुन् । 

 

अति उपयोगी महङ्गा ५० प्रकारका औषधि स्वास्थ्य सेवा कार्यालयको चिकीत्सा विभागलाई निशुल्क रुपमा उपलव्ध गराउँदै गर्दा बोहोराले भनिन्, ‘आफुसँग जे छ त्यहि दिने त हो ।’ 

 

जिल्ला अस्पतालमा कार्यरत बोहोराको आफ्नै ‘किरण मेडिकल’ पनि छ । तर, त्यो मेडिकलमा उनले समय दिन पाईनन् । दिनरात विरामीको सेवामा अस्पतालमै खट्नुपरेका कारण आफ्नो मेडिकलमा भएको औषधिको उपयोग नआएको हुँदा निःशुल्क रुपमा दिइएको बताईन् । 

 

स्वास्थ्य चौकीका लागि आउने औषधि स्वास्थ्यकर्मीहरुले आफुले नीजि मेडिकल सञ्चालन गरि प्रयोग गर्ने गरेको आरोप लागि रहेका बेला बोहराले निशुल्क रुपमा आफुसंग भएको औषधी उपलव्ध गराएर उदाहरणीय कार्य गरेकी छन ।

 

अनमी बोहराले सहयोग गरेका औषधिले स्वास्थय कार्यायललाई ठुलो राहत मिलेको कार्यालय प्रमुख प्रेम सिंहले बताए । चिकीत्सक अमित विष्ट र नविन रोकायाले बोहोराको सहयोगको प्रशंसा गरे ।