रौतहट - रौतहटको इशनाथ नगरपालिकामा पहिलो पटक कोरोना अस्थायी अस्पताल संचालनमा आएको छ ।
इशनाथ नगरपालिका– ९ डुमारिया परोहा हेल्थ पोस्टमा आज बुधबारदेखि पूर्ण रूपमा कोभिड– १९ अस्थायी अस्पताल संचालनमा आएको हो ।
नगर प्रमुख सन्तोषकुमार मेहताले मंगलबार एक कार्यक्रमका बीच उक्त अस्थायी अस्पतालको उद्घाटन गरेसँगै अस्पताल संचालनमा आएको हो ।
इशनाथ नगरपालिकाको आर्थिक सहयोगमा उक्त अस्पताल सञ्चालन गरिएको नगरप्रमुख मेहताले बताए ।
अस्पतालमा कोरोना लागेका संकास्पद बिरामीको उपचारको लागि डा. रविकुमार मेहतालाई खटाइएको उनले बताए ।
कोरोनाबाट नगरवासीको ज्यान जोगाउन तथा समुदाय स्तरमा कोरोना फैलिन नदिन उक्त अस्थायी अस्पताल संचालन गरिएको प्रमुख मेहताको भनाइ छ ।