close

हुम्लाको सिमकोट गाउँपालिकाले बनायो आइसोलेसन

हुम्लाको सिमकोट गाउँपालिकाले बनायो आइसोलेसन

Trulli
ADVERTISEMENT

हुम्ला– लामो समय ग्रीनजोनका रुपमा रहेको हुम्ला जिल्लामा कोरना संकमण देखा परेपछि कोरोना भाइरस (कोभिड–१९) सक्रमितको उपचारका लागि सिमकोट गाउपालिकाले मंगलकार देखि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । सिमकोट गाउपालिकाले रानिबनस्थित पुरानोे चिता नेपालको भवनमा आइसोलेसन सञ्चालन गरेको हो ।

जिल्ला सदरमुकाम रहेको सिमकोट गाउपालिकामा  कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सिमकोट गाउपालिकाले १० श्याको आइसोलेसन केन्द्र सञ्चालन ल्याएको  गाउपालिका अध्यक्ष पदम बहादुर लामाले जानकारी दिए ।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार तयार गरिएको उक्त आइसोलेसनमा गाउपालिकाले घरमा आइसोलेसन सम्भव नभएका कोरोना संक्रमितलाई राखिने छ ।

सिमकोट रानिबन आइसोलेसन केन्द्रको २ वटा भवन रहेको एक भवनमा महिला कक्ष, अर्को भवनमा पुरुष कक्ष, महिला कक्ष छ । भवनको भुई तल्लामा जोखिममा रहेका, ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीलाई रादिने छ ।  

आइसोलेसनमा प्रत्येक संक्रमितका लागि निःशुल्क  वाईफाई, अलग–अलग पानी तताउने इलेक्ट्रिक जग, मोबाइल चार्जको छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक व्यक्तिको लागि पत्रपत्रिका, छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपीई सेटको व्यवस्था गर्नुका साथै दैनिक चार छाक पोषणयुक्त खाना र खाजा खुवाइने गाउपालिका अध्यक्ष लामाले वताए ।

आइसोलेसन केन्द्र रानिबनका लागि प्रत्येक दिन दुई नर्स र ६ जना टेक्निसियन एक एचए दुई जना कार्यालय सहायक  र एक डाक्टरले सेवा प्रवाह गर्नेछन् ।

संक्रमितका लागि होम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै गाउपालिकाले छुट्टै आइसोेलेसनको व्यवस्था गरेको हो ।

लामो समय ग्रीनजोनका रुपमा रहेको हुम्लामा पछिल्लो समय देखिएको कोरोना संक्रमणको उच्च जोखिमलाई लिएर सिमकोट गाउँपालिकाले हवाई मार्गबाट आउने यात्रुको ट्रयाकिङ गर्ने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र र सिमकोट गाउँपालिकाबीच भएको छलफलमा गाउँपालिकाले हरेक दिन हवाई माध्ययमबाट आएका यात्रुको रेकर्ड लगेर सम्बन्धित वडाका अध्यक्ष मार्फत यात्रुहरुको निगरानी गर्ने भएको हो ।

जिल्ला बाहिरबाट आएका यात्रुलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बसाउने व्यवस्थाका लागि पनि हवाई यात्रुहरुको विवरण संकल गर्ने गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।