close

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

Trulli
ADVERTISEMENT

रुपन्देही - प्रदेश ५ मा एकै दिन सोमबार कोरोना ९२ नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार सोमबारसम्मको तथ्यांकमा प्रदेशमा संक्रमित हुनेको संख्या १० हजार ४ सय २२ पुगेको छ ।


प्रदेशको रुपन्देहीमा ४२, गुल्मीमा २७, बाँकेका ९, पाल्पामा ५, कपिलवस्तु, दाङ र नवलपरासी पश्चिममा ३–३ गरी ९२ नयाँ संक्रमित थपिएका हुन् ।


कुल संक्रमितमध्ये प्रदेश ५ मा १३ प्रतिशत रहेका छन् । प्रदेश ५ मा निको हुने दर पनि बढेको छ ।


अहिलेसम्म ७ हजार ९ सय ७५ जना निको भएर घर फर्किएका छन् । हाल उपचारमा रहेका २२ सय ८५ मध्ये २ सय ३२ जनामा संक्रमण देखिएको छ । कोभिड–१९ बाट अहिलेसम्म प्रदेश ५ मा मृत्यु हुनेको संख्या ६८ छ ।