close

६० वर्ष नाघेकालाई घरबाहिर निस्कन नदिइने

६० वर्ष नाघेकालाई घरबाहिर निस्कन नदिइने

Trulli
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेतमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ४ ठाउँमा संक्रमणको जोखिम उच्च रहेकाले ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका बिरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन अनुरोध गरिएको जानकारी दिएका हुन् । 

त्यस्ता व्यक्तिहरू घरबाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ । साथै, दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुनपानीले हात धुन मन्त्रालयको सुझाव छ । 

पछिल्लो समय उपत्यकालगायत बढी जनघनत्व भएको सहरमा कोरोना संक्रमण दर बढेको प्रवक्ता गौतमले जानकारी दिए ।