close

सबै संक्रमितले जिते कोरोना, खोटाङ कोरोनामुक्त 

सबै संक्रमितले जिते कोरोना, खोटाङ कोरोनामुक्त 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङका सबै कोरोना संक्रमितले कोरोना जितेका छन् । कोरोना भएको पुष्टि भएपछि उपचारका लागि धरान, बिराटनगर पठाइएका वा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २१ जनाले कोरोना जितेसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको छ । 

हाल स्थानीय तहमा पीसीआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् । हालसम्म १ हजार ५ सय ७५ जनाको पिसिआर परिक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको तथा उपचारपछि फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६ सय ४० जनाको पीसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसमध्ये ७ जना नेपाल प्रहरीका जवान रहेको प्रशासनले जनाएको छ । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ सय ४६ जनाको पीसीआर परिक्षण गर्दा १ जना, साकेला गाउँपालिकामा १ सय १२ जनाको परीक्षण गर्दा १ जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा १ जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको थियो । 


१० स्थानीय तहमध्ये हालसम्म खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन । हालसम्म जिल्लामा १ हजार ६ सय ८ जनाको आरडीटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रशासनले जनाएको छ ।