वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर सरावगीले २५ दिनपछि कोरोनामुक्त भएको बताएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि साउन १४ गते मेयर सरावगी काठमाडौंको एक अस्पतालमा १२ दिनदेखि आईसियूमा थिए ।
उपचारपछि निको भएका मेयर सरावगीले परिवारका अन्य सदस्यहरुको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । मेयर सरावगीका बुबा भने काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।