close

तिहारमा बिक्री हुने मिठाइमा अखाद्य वस्तु नमिसाउन हमालको अनुरोध

तिहारमा बिक्री हुने मिठाइमा अखाद्य वस्तु नमिसाउन हमालको अनुरोध

Trulli
गोपाल हमाल
ADVERTISEMENT

काठमाडौं । धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमालले तिहारमा बिक्रीवितरण हुने मिठाइमा अखाद्य वस्तुको सट्टा दुग्धजन्यवस्तु मिसाउन सुझाव दिएका छन् ।

मंगलबार मिठाइ व्यवसायीसँग भएको छलफलका क्रममा उनले व्यवसायीलाई यस्तो सुझाव दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उपभोक्त हित सरक्षण गर्ने उद्देश्यले धनगढी उप-महानगरपालिका क्षेत्रका डेरी तथा मिठाई व्यवसायीहरू संग बैठक  बसी तिहारको बेलामा मिठाईको  बजारमा अत्याधिक माग हुने भएकाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने अखाद्य बस्तुमा रोक तथा गुणस्तरीय मिठाई र दुधजन्य उत्पादन बिक्रीवितरण गर्न  आग्रह गर्दै धनगढी उप-महानगरपालिका अन्तर्गतको उपभोक्त हित सरक्षण समितिले अनुगमन गर्ने जानकारी गराइयो,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । 

तिहारमा कलरयुक्त मिठाइको अधिक बिक्री-वितरण हुने गर्छ ।