काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीले निगरानी बढाएको छ ।
संसद्को कार्यकाल सकिएलगत्तै आफूमाथि लागेको महाभियोग निष्क्रिय भएको बताउँदै आजबाट सर्वोच्च अदालत जाने तयारी गरेपछि उनलाई रोक्न प्रहरीले उनको निवासमै निगरानी बढाएको हो ।
उनको निवासमा प्रहरी तैनाथ गरिएको छ । उनको निवासबाट निस्किने प्रत्येक सवारीसाधनमा चेक गरिरहेका छन् ।
यस्तै, चोलेन्द्र सर्वोच्च जाने भयका कारण सर्वोच्चमा पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।