close

दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्षको मुद्दाको छानबिन सुरु ​​​

दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्षको मुद्दाको छानबिन सुरु ​​​

Trulli
ADVERTISEMENT

काठमडौं । दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानविरुद्ध अख्तियारमा परेको उजुरीको छानबिन सुरु भएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै मोक्तान विरुद्ध अख्तियारमा सी ००१८८४ नम्बरमा दर्ता भएको थियो ।

अध्यक्ष मोक्तानले आर्थिक वर्ष सकिने बेला गत असार ३ गते अन्य सिनियर कर्मचारी हुँदा हुँदै स्वास्थ्यका कर्मचारी नरेश महतोलाई कायममुकायम प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए ।

महतोलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर आर्थिक वर्षको अन्तिममा गैरकानुनी तरिकाले हतार हतार दोरम्बा हस्पिटलको नाममा स्वास्थ्य सामाग्री खरिद गरिएको थियो ।

गाउँपालिकाले अन्य करोडौँका सामान पनि विनाटेण्डर खरिद गरी अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । अध्यक्ष मोक्तान र कामु प्रमुख प्रशासकीय अधिकृत नरेश महतोको मिलेमतोमा ४२ लाख रुपैँयाबराबरको स्वास्थ्य सामाग्री खरिदमा घोटाला गरिएको उजुरीमा उल्लेख छ ।

गाउँपालिकाले ई–विडिङ नगरेको, राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित नगरी स्थानीय पत्रिकामा सूचना निकाली पत्रिका लुकाएर अनियमितता गरेको तथा बजार मूल्यभन्दा सामानको चार गुणा बढी मूल्याङ्कन गरी मिलेमतोमा सूचना जारी गरेको अध्यक्ष माथि आरोप छ ।