काभ्रेपलाञ्चोक । मण्डेनदेउपुर नगरपालिकाले सडकमा अव्यवस्थित रुपमा राखिएका सामग्री हटाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सडक अवरोध गर्ने सामग्री तथा पशुपंक्षी व्यवस्थापनको लागि निर्देशन गरेको हो ।
नगरपालिकाले जिरोकिलो हेलम्बु सडक तथा नगरको भित्री सडकमा अव्यवस्थित रुपमा यस्ता सामग्री राखिएपछि सडक साँघुरो भएको जनाएको छ ।
सडकमा राखिएका निर्माण सामग्री, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण गरी घर पालुवा पशुपंक्षी बाँध्ने, अन्नबाली, घाँस पराल राख्नेलगायत कार्य भएको नगरपालिकाले जनाएको छ । यस कारण सडक दुर्घटना बढेको र सडक अवरोध गुनासो आएपछि सो निर्देशन दिइएको पालिकाले जनाएको छ ।
अनुगमनको क्रममा सडक अवरोध कायम रहेमा कारबाही गर्नेसमेत नगरपालिकाले जनाएको छ ।