डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी भएको छ ।
डडेल्धुरा प्रहरीका अनुसार गएराति पालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो ।
आगलागीबाट पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजात र सूचनापाटी जलेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टलेले जानकारी दिए ।