मोरङ । विराटनगर महानगरपालिकाले फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने खालको कार्य नगर्न अनुरोध गरेको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महानगरवासीलाई सो अनुरोध गरेको हो ।
नगरप्रमुख नागेश कोइरालाले सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा रहेकोले सोका लागि आवश्यक साथ र सहयोग गर्न अनुृरोध गरेको बताए ।
उनका अनुसार महानगरपालिकाभित्रका फुटपाथ नियन्त्रण र सहरको सुन्दरता असर हुने गरि निर्माण भएका संरचनाहरु हटाउने अभियान सञ्चालन भइरहेको छ । अवैध संरचनाहरु हटाउँदा स्थानीय बासिन्दा र व्यापारमा सहयोग पुगेको दावी उनको छ ।
महानगरले सञ्चालनमा ल्याएको सो अभियानले फुटपाथमा हिड्ने पैदल यात्रुलाई समेत सहज भएको बताए । आफ्नो कार्यकाल सुरु भएसँगै 'सुन्दर विराटनगर' बनाउने लक्ष्य आगामी पाँच वर्षमा पुरा हुने विश्वास उनको छ ।