सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले खोलामा माछाको भुरा छोडेको छ । गाउँपालिकाले मेलम्ची खोलामा ९० हजार माछाको भुरा छाडेको हो ।
गाउँपालिकाकी अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार पालिकाले पहिलो चरणमा ९० हजार माछाको भुरा छोडिएको हो । उनले खोलाको प्राकृतिक पर्यावरण संरक्षण गर्नको लागि माछा हालिएको जानकारी दिए ।
गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार माछा छाडेको हो । उनले खोलामा माछासंगै नदिजन्य जीव हाल्ने बताए ।
हेलम्बु गाउँपालिका कार्यपालिकाको बैठकले खोलाको प्राकृतिक अस्तित्व फर्काउन माछालगायत नदीजन्य जीव हाल्ने निर्णय गरेको थियो।
उनका अनुसार तराईबाट माछाका भुरा ल्याइएको हो। सुरुमा पाँच लाखको भुरा ल्याएको हो। खोलामा पाहा, भ्यागुता र अन्य ससाना जीव पनि हालिने अध्यक्ष शेर्पाले बताए। भेमाथाङमुनि मेलम्ची घ्याङदेखि तालामाराङ क्षेत्रसम्म भुरा हालिने पालिकाको योजना छ।