भक्तपुर । चाँगुनारायण नगरपालिकाले इटाभट्टा व्यवसायीलाई एक दिने अभिमुखीकरण दिएको छ । नगरपालिकाको आयोजना र इन्फो इरा एफएचआईको सहजीकरणमा व्यवसायीलाई अभिमुखीकरण दिइएको हो ।
स्वच्छ हावा परियोजना सम्बन्धि अभिमुखीकरण दिइएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका व्यवसायीहरुको सहभागिता रहेको पालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले इटाभट्टाले मात्रै वायु प्रदूषण नभएको बताएका छन् । उनलृ अन्न्य तत्व पनि जिम्मेवार भएकाले इँटा उद्योगलाई मात्र दोष दिन नहुने बताए ।
उनका अनुसार पालिकामा प्रदूषण बढ्नुमा बढ्दो घरघडेरी, सवारी, माटो ओेसारपसार र खुला रूपमा सेफ्टी ट्यांकी फाल्ने बानीले पनि प्रदुषण भएको हो ।