close

बलिउड फिल्म एनिमलमा खलपात्रको भूमिकामा विपिन

बलिउड फिल्म एनिमलमा खलपात्रको भूमिकामा विपिन

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका छन् ।

नेपाली फिल्म ‘पशुपति प्रसाद’मा भस्मे डनका रुपमा चिनिएर चर्चामा आएका विपिन बलिउड फिल्म ‘एनिमल’मा खलपात्रको भूमिकामा देखिने भएका हुन् ।

उनले बलिउडका सफल कलाकार रणवीर कपुर र अनिल कपुरको साथमा नायिका रश्मीका मन्दन्नासँग स्क्रिन शेयर गर्नेछन् ।

विपिनले धेरै स्क्रिन शेयरचाहिँ खलपात्र अनिल कपुरसँग गर्नेछन् । यो फिल्ममा सन् १८७० का चर्चित भारतीय पहलमानका भाइको भूमिकामा विपिनले निर्वाह गर्ने भएका छन् । 

‘एनिमल’ फिल्ममा चाँडै हाँस्ने र चाँडै रुने पात्रका रुपमा आफू देखिन लागेको विपिनले बताए । दोस्रो चरणको छायांकन भइरहेको यो चलचित्र सन्दीप रेड्डीको निर्देशनमा निर्माण भैरहेको छ ।

फिल्मको तेस्रो चरणको छायांकनबाट विपिन फिल्ममा मिसिने छन् । नेपाली फिल्म ‘के घर के डेरा’को छायांकनमा व्यस्त रहेका विपिन यो फिल्मको काम सकिए लगत्तै मुम्बइ जाने छन् ।

‘एनिमल’का लागि विपिन पाँच दिन मुम्बइ बस्नेछन् ।