close

एसइई तयारीका लागि जिराभवानीमा नि:शुल्क 'डे होस्टेल'

एसइई तयारीका लागि जिराभवानीमा नि:शुल्क 'डे होस्टेल'

Trulli
ADVERTISEMENT

पर्सा - जिराभवानी गाउँपालिकाले एसइईको तयारीमा बसेको विद्यार्थीलाई 'डे होस्टेल' सञ्चालन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत कार्यक्रम अनुरुप 'डे होस्टेल' सञ्चालन गरेको हो । 

गाउँपालिकाका शिक्षा शाखाका प्रमुख शिवराज फूयालका अनुसार नतिजामा सुधार ल्याउनका लागि गाउँपालिकाले यस आवदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । होस्टेलमा बस्ने विद्यार्थीको लागि आवश्यक सबै खर्च पालिकाले व्यहोर्ने उनको भनाइ छ । उनले सो कार्यक्रमको लागि गाउँपालिकाले चालू आवमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिकाखबरलाई बताए । 

विद्यार्थीहरु दिउँसो घरमा बसेर मोबाइल चलाउने तर नपढ्ने भएको एसईईमा कमजोर नतिजा आएको उनले बताए । मोबाइल चलाउने बानी हटाएर नतिजामा सुधार ल्याउनका लागि गाउँपालिकाले सो कार्यक्रममा सञ्चालनमा ल्याएको उनले सुनाए । 

गाउँपालिकामा माध्यमिकस्तरका ३ वटा सामुदायिक विद्यालयबाट २५० जना विद्यार्थीले एसईई परीक्षाको तयारीमा बसेको उनले बताए ।