गुल्मी । छत्रकोट गाउँपालिकाले कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले पालिका क्षेत्रभित्रका शैक्षिक संस्थामा कक्षा ११ र १२ अध्ययन गर्नेलाई छात्रवृत्ति दिने जनाएको हो ।
गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिँदै पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो । उनका अनुसार सो सेवा लिनको लागि एसइईमा कम्तिमा २ दशमलव ८ जिपिए ल्याउनु पर्ने छ ।
गाउँपालिकाका अनुसार पालिकामै अध्ययन गर्न चाहने आर्थिक रुपमा विपन्न र जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिने छ । उनले विपन्न परिवारलाई उच्च शिक्षाको पहुँच भित्र राख्नको लागि सो कार्यक्रम ल्याएको बताए ।