सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्रावधिक सहयोगमा कार्यशाला हो ।
एक समारोहमा गाउँपालिकाकी अध्यक्ष मिना कार्की (बस्नेत)ले कार्यशालाको उदघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेतले योजनामा व्यवाहारिक तथा प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताइन् । अध्यक्ष बस्नेतले रीड नेपालको सहकार्यले लिखुपिकेको शिक्षा क्षेत्र सुधारमा परिवर्तन आउनेमा ढुक्क रहेको बताइन् । साथै रीड नेपालले बिगतका दिनमा जसरी सुधार गर्न लागेको छ आगामी दिनमा पनि उत्तिकै सहयोग गर्ने बताइन् ।
उनले पालिकाको शिक्षाको सुधारको लागि गाउँपालिकाले विभिन्न योजना निर्माण गरेको र सोही अनुरुप शिक्ष सुधार कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको सुनाइन् ।