स्याङ्जा । आँधीखोला गाउँपालिकामा स्थानीय तहको पाठ्यक्रम निर्माण गोष्ठि सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा पाठ्यक्रम निर्माण सम्बन्धि गोष्ठि सम्पन्न गरिएको हो ।
गाउँपालिकाको आयोजना र साभ नेपालको सहजीकरणमा गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा पाठ्यक्रम निर्माण र विषयवस्तुबारे छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।
गोष्ठिमा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यपक तथा सरोकारवाला निकायको सहभागी रहेको गाउँपालिकाले जनाएको छ । गोष्ठिमा स्थानीय पाठ्यक्रम निर्माणका लागि आवश्यक सल्लाह तथा सुझाव संकलन भएको गाउँपालिकाको दावी छ ।