दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लेखापालको मासिक पारिश्रमिक तलब बढाएको छ । पालिकाको कार्यपालिकाले बैठकले लेखापालको तलब बढाएको हो ।
गत साउन मसान्तदेखि लागू हुने गरी दुइ हजार रुपैँया तलब बढाएको उपमहानगरपालिकाले जनाएको छ ।
यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।