पर्वत । मोदी गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा अन्तर माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रम वडा नम्बर २ को पशुपति आधारभूत विद्यालयमा सो प्रतियोगिता भएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा विजेता विद्यालयकालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।
गाउँपालिकाको अनुसार ९ वटा विद्यालयले सहभागिता जनाएको छ। प्रतियोगतामा प्रथम सरस्वती मावि, दित्तिय पशुपति मावि, तृतिय नवजागृत मावि र सान्त्वना महेन्द्र शिखरी मावि भएको गाउँपालिकाले जनाएको छ ।