बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले घटस्थापनादेखि दशैँ बिदा दिने निर्णय गरेको छ ।
बिहीबार सूचना जारी गर्दै घटस्थापनादेखि पूर्णिमासम्म सामदुायिक र संस्थागत विद्यालय बन्द रहने भन्दै सबै शैक्षिक संस्थालाई सूचित गरेको छ ।
सूचनाको बेवास्ता गरेर आफूखुशी विद्यालय सञ्चालन तथा बन्द गरेकामा कारबारी गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको निर्णय अनुसार असोज १० देखि २३ गतेसम्म विद्यालय बन्द हुनेछ ।