close

मुद्रक खोज्दै बर्दघाट नगरपालिका

मुद्रक खोज्दै बर्दघाट नगरपालिका

Trulli
ADVERTISEMENT

नवलपरासी । बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम छपाइ तथा वितरणका लागि बोलपत्र आव्हान गरेको छ । 

आज १५ दिने सूचना जारी गर्दै आर्थिक तथा प्राविधिक प्रस्तावसहितको शिलबन्दी प्रस्ताव पेश आग्रह गरेको हो । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रम प्रकाशन गर्नु पर्ने भन्दै बोलपत्र आव्हान गरेको हो । 

नगरपालिकाको सूचना अनुसार  कक्षा १ को लागि एक हजार ३७३ थान, कक्षा २ को लागि एक हजार ५०४ थान,  कक्षा ३ को लागि एक हजार ५३७ थान,  कक्षा ४ को लागि एक हजार ४६९ थान,  कक्षा ५ को लागि एक हजार ४६७ थान किताब प्रकाशनका लागि आवश््हान गरेको हो । 

त्यस्तै, कक्षा ६ को लागि एक हजार ३९२ थान, कक्षा ७ को लागि एक हजार २९४ थान र  कक्षा ८ को लागि एक हजार ४०२ थान पाठ्यपुस्तक प्रकाशन गर्नुपर्नेछ ।