close

विद्यालय समय अन्य गतिविधिमा नलाग्न शिक्षकलाई शिक्षामन्त्री पौडेलेको आग्रह

विद्यालय समय अन्य गतिविधिमा नलाग्न शिक्षकलाई शिक्षामन्त्री पौडेलेको आग्रह

Trulli
ADVERTISEMENT

बागलुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समय पढाइमा मात्र ध्यान केन्द्रित गर्न शिक्षकलाई आग्रह गरेका छन् ।  बागलुङ नगरपालिका वडा नम्बर १४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकको काम पढाउने भएकाले विद्यालय समय अन्य गतिविधिमा नलाग्न निर्देशन दिए ।


 
‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले भने, ‘अभिभावको सहयोग, शिक्षकको लगनशीलता र विद्यार्थीको सक्रियता भए सार्वजनिक शिक्षामा सुधार हुन्छ ।’ शिक्षा मन्त्रालयको कार्यभार सम्हालेलगत्तै विद्यालयमा शिक्षक अभाव देखिएकाले शिक्षा नियमावलीको ११औँ संशोधन मन्त्रिपरिषद्बाट पासिरत गराएर विज्ञापन खुलाउन सफल भएको उनले बताए । विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने हुँदा शिक्षकलाई अहिलेको प्रविधिसँग अपडेट हुन उनले सुझाए । 

 


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै ३ वर्षभित्र देशभर विद्यालय भवन बनाउने लक्ष्य रहेको उनको भनाइ छ । प्राविधिक शिक्षामा मन्त्रालयको जोड दिइरहेको बताउँदै उनले भने, ‘नेपालको सार्वजनिक शिक्षा राम्रो छैन । सार्वजनिक शिक्षामा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवा थालिएकाले ३३ सय बढी शिक्षकको बढुवा हुने मन्त्री पौडेलले जानकारी दिए ।