close

फतुवा विजयपुरको शिक्षा शाखामा लाग्यो ताला 

फतुवा विजयपुरको शिक्षा शाखामा लाग्यो ताला 

Trulli
ADVERTISEMENT

रौतहट–रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखामा शिक्षकले तालाबन्दी गरेका छन् । ५ महिनादेखि तलब नपाएपछि नगरपालिकाअन्तर्गत पर्ने विद्यालयमा नियमित अध्यापन गराउँदै आएका शिक्षकले तलबको माग गर्दै तालाबन्दी गरेका हुन् ।

 

माध्यमिक विद्यालय दुधिअवाका कर्मचारी गोविन्द चौधरीको अगुवाइमा शिक्षक तथा कर्मचारीले नगरपालिका कर्मचारीलाई बाहिर निकालेर शिक्षा शाखामा तालाबन्दी गरेको सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादवले बताए । 

 

तलब माग गर्दै शिक्षक, शिक्षिका तथा कर्मचारीले गत २५ मंसिरदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । फतुवा विजयपुरका नगरप्रमुख गोपाल यादवलगायत जनप्रतिनिधिले तलब निकासा गराउन कुनै पहल नगरेको तथा नगर शिक्षा संयोजक हरेन्द्र यादव सधैँ अनुपस्थित रहने गरेको गुनासो शिक्षकको छ । आइतबारसम्म माग सुनुवाइ नभए सोमबार नगरपालिका कार्यालयको मूलगेटमै तालाबन्दी गरिने चेतावनी पीडित शिक्षक तथा कर्मचारीले दिएका छन् ।