close

प्रदेश २ को कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान

प्रदेश २ को कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागिएको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।


अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि अनुदानस्वरूप ३१ करोड रुपैयाँ दिने निर्णय भएको बताए । प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको उनको भनाइ छ ।

 

मन्त्रिपरिषद्ले बेटी पढाऊ बेटी बचाऊ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ । यस्तै, बन्द रहेको छोरी बिमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।