close

२३ जिल्लाका स्थानीय तहलाई साक्षरता घोषणा गर्न परिपत्र

२३ जिल्लाका स्थानीय तहलाई साक्षरता घोषणा गर्न परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले ताप्लेजुङसहित २३ जिल्लाका स्थानीय तहलाई आउँदो २० असारभित्र साक्षर स्थानीय तह घोषणा गर्न-गराउन परिपत्र गरेको छ । शिक्षा मन्त्रालयको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाले २३ जिल्लाका स्थानीय तहलाई पत्र लेख्दै निरक्षर व्यक्तिका लागि तोकिएको अवधिको साक्षरता कार्यक्रम सञ्चालन गरी २० असार २०७८ भित्र साक्षर स्थानीय तह घोषणा गर्न-गराउन परिपत्र गरेको हो ।


सरकारले ताप्लेजुङसहित सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, काठमाडौंका स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गर्न-गराउन परिपत्र गरिएको छ । यस्तै, बाँके, कपिलवस्तु, मुगु, जुम्ला, कालीकोट, हुम्ला, डोल्पा, कैलाली, डोटी, बझाङ, बाजुरा र कञ्चनपुरका स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गर्न-गराउन पत्र पठाइएको छ ।

 

शाखा अधिकृत विमला मिश्रद्वारा प्रेषित पत्रमा स्थानीय तहमार्फत साझेदारीमा आधारित रही साक्षर नेपाल अभियान कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन भएको स्मरण गराइएको छ ।

 

कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/७८, साक्षर नेपाल अभियान २०७६ अवधारणापत्र र अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यक्रम सहजीकरण पुस्तिका, २०७५ समेतका आधारमा आफ्ना स्थानीय तहभित्र रहेका निरक्षर व्यक्तिलाई तोकिएको अवधिको साक्षरता कार्यक्रम सञ्चालन गर्नसमेत सरकारले उल्लिखित जिल्लाका स्थानीय तहलाई परिपत्र गरेको हो ।