ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभरिका १९ विद्यालयलाई शैक्षिक जनशक्ति व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ दिने भएको छ ।
पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तीन माध्यमिक, १५ आधारभूत र एक बालविकास केन्द्रलाई शैक्षिक जनशक्ति व्यवस्थापनका लागि २९ लाख ७० हजार रुपंयाँ निकासा गर्न लागेको गाउँपालिकाका शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन् ।
‘सरस्वती मावि साब्लाखुले चार लाख ६० हजार, सिंहेश्वरी मावि आङ्खोपले तीन लाख ६० हजार र आँगेपा आधारभूत विद्यालय आङ्खोप र इन्द्रावती आधारभूत विद्यालय आङ्खोपले प्रत्येकले तीन लाख ४० हजारका दरले गाउँपालिकाबाट अनुदान पाउनेछन्’, शिक्षा अधिकृत भट्टराईले भनिन् ।
यस्तै, सिद्धेश्वरी मावि सादेवा, इन्द्रावती आधारभूत विद्यालय आङ्खोप, खेसेबुङ आधारभूत विद्यालय सादेवा, गौतमबुद्ध आधारभूत विद्यालय लिम्बूदिन, जसोदा आधारभूत विद्यालय मेहेले, जलपा आधारभूत विद्यालय कालीखोला, देउराली आधारभूत विद्यालय लिम्बूदिन र मकालु आधारभूत विद्यालय आङ्खोपले ९८ हजार रुपैयाँका दरले अनुुदान पाउनेछन् ।
मझुवा बालविकास केन्द्र आङ्खोप, राधिका आधारभूत विद्यालय साब्लाखु, राम आधारभूत विद्यालय लिम्बूदिन, श्यामटार आधारभूत विद्यालय कालीखोला, सुम्निमा ओडारे आधारभूत विद्यालय सादेवा, आदर्श आधारभूत विद्यालय कालीखोला र सिदिङ्वा आधारभूत विद्यालय कालीखोलालाई पनि ९८ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने शिक्षा अधिकृत भट्टराईले बताइन् ।