काठमाडौं- प्रहरीले पछिल्लो २४ घण्टाभित्र छुट्टाछुट्टै स्थानबाट १६ किलो सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा गए राति १४ किलो बरामद गरेको हो । दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको हो ।
त्यस्तै, काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । विशेष सूचनाका आधारमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।