बारा । निजगढ नगरपालिका वडा न २ का वडाध्यक्ष राजु श्रेष्ठलाई पाँच दिन थुनामा राख्न आदेश दिएकाे छ । जबरजस्ती करणी मुद्धामा पक्राउमा परेका उनलाई जिल्ल्ला अदालत बाराले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे ।
म्याद थपका लागि श्रेष्ठलाई सोमबार जिल्ला अदालत बारामा सोमबार पेश गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।श्रेष्ठ २०७९ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
१५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि उनी फरार थिए । वडाध्यक्ष श्रेष्ठले आइतवार राती आफैँ ईलाका प्रहरी कार्यालय निजगढमा आत्मसमर्पण गरेको जनाइएकाे छ ।
श्रेष्ठविरुद्ध किशोरीको परिवारले असोज २५ गते किटानी जाहेरी दिएका थिए । वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा किशोरीमाथी जबरजस्ती करणी गरेको पीडित पक्षको आराेप छ ।