close

हतियार देखाएर आईएमई लुटपाट

हतियार देखाएर आईएमई लुटपाट

Trulli
ADVERTISEMENT

सर्लाही । गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा लुटपाट भएको छ । शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमईमा लुटपाट भएको हो ।

चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए ।

लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटरसहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाइ छ । 

बिहान १० बजेको समयमा दुई वटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।