close

फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ

फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । फेसबुक ह्याक गरेर पैसा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठकलाई प्रहरीले फेसबुक ह्ययाक गरी ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। 

पाठकले फेसबुक ह्याक गरेर ह्याक प्रोफाइलमा आबद्ध साथी, आफन्त र सहकर्मीलाई विभिन्न बहाना बनाएर डिजिटल पेमेन्ट गेटवे मार्फत रकम माग्ने गरेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ । 

आरोपीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।