close

होन्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

होन्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं, तिहार र छठ लक्षित होन्डाको फेस्टिभ बोनान्जा योजनाअन्तर्गत पहिलो विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ । 


बुटवलको ड्राइभवे ह्विल्स् प्रालिबाट डब्ल्यूआरभी–एसभीएमटी खरिद गरी सञ्जय नेपालले हरेक साता हुने लक्की ड्रमार्फत रु.३ लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेको कम्पनीले बताएको छ ।


योजनाअन्तर्गत ग्राहकले होन्डा कार खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको फ्रि सर्भिसिङ, ३ वर्षसम्मको स्पेयर पार्टस्मा ७ प्रतिशत छुटलगायत उपहार प्राप्त गर्न सक्छन् । 


साथै, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५ हजारसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होन्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।