close

नेपाल टेलिकमको डाटा प्याकेज सम्झौता

नेपाल टेलिकमको डाटा प्याकेज सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिबीच आइफोन खरिदकर्तालाई टेलिकमको डाटा प्याकेज बन्डलिङ गरी उपलब्ध गराउने सम्झौता भएको छ ।


सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङका निर्देशक तरुण वज्राचार्यले हस्ताक्षर गरे ।  सम्झौताअनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यकाबाहिर सञ्चालन हुने आउटलेटमार्फत आइफोन१३ वा सोभन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ । 


ग्राहकले हाल प्रयोग गरिरहेको टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नयाँ खरिद गरेर प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ । 


आइफोन१३ मा ग्राहकले टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहे कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत निःशुल्क उपलब्ध गराउने छ । यो सिममा मेन ब्यालेन्स १० र थप ब्यालेन्स ४० रुपैयाँ उपलब्ध हुनेछ । उक्त थप ब्यालेन्सबाट कम्पनीको नेटवर्कभित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।