काठमाडौं– एनएमबी बैंकले प्रदेश १ मा थप चार नयाँ शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको झुम्का, इनरुवा, मोरङको बूढीगंगा, विराटनगरको महेन्द्रचोकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।
सुनसरीको रामधुनी नगरपालिका–५ को झुम्का बजारमा आइतबारबाट नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकका झुम्का शाखा प्रबन्धक पंकज झाले जानकारी दिए । झुम्का शाखाले रामधुनी, बक्लौरी, कालाबञ्जर, डुम्राहालगायत ग्रामीण क्षेत्रका ग्राहकलाई सुविधा दिनेछ ।
विराटनगरको कञ्चनबारी र जलजला रोडमा यसअघि नै स्थापना भएर सञ्चालनमा रहेको बैंकको थप एउटा शाखा महेन्द्र चोकमा समेत विस्तार गरेको छ ।
विराटनगरको केन्द्र मानिने महेन्द्र चोकको शाखाले बजार क्षेत्रका ग्राहकलाई सेवा दिनेछ ।
त्यस्तै, बूढीगंगा गाउँपालिका टंकीसिनुवारीमा स्थापना भएको शाखाले टंकी, बाँसबारी, नेमुवा, हात्तीमुढालगायत ग्रामीण क्षेत्रलाई समेटेको बैंकले बताएको छ ।