काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१ का दुई विधामा पुरस्कार जितेको छ । कम्पनीले जीबीओ अवार्डअन्तर्गत मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले टेलिकम सीईओ अफ द इअर अवार्ड जितेका हुन् ।
लन्डनस्थित प्रकाशनगृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिइने गरेको छ ।
सम्बन्धित कम्पनीले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइने गरेको एनसेलले बताएको छ । एनसेल वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१ का दुई छुट्टाछुट्टै विधा सोसियल कन्ट्रिब्युसन अवार्ड र क्राइसिस रेस्पोन्स अवार्डका लागि पनि सूचीकृत भएको छ ।
यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा गरिनेछ । यस्तै, ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसका लागि ल्याएको योजनाका निम्ति एनसेल बेस्ट सोसल मिडिया क्याम्पियन अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै गरिने जीसीए कार्यक्रममा हुनेछ ।