काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ फरएभर रेञ्जअन्तर्गतको नयाँ गाडी एनआरजी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी ह्याचब्याकमा एसयूभीजस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहक लक्षित रहेको कम्पनीले बताएको छ ।
‘अर्बान टफरोडरको रूपमा प्रस्तुत गरिएको यो गाडीको बाहिरी बनाबट बलियो र ग्राउन्ड क्लियरेन्स उच्च रहेको छ । सेफ्टीका लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रंगमा उपलब्ध छ । गाडी टेस्ट ड्राइभका लागि सिप्रदीका नेपालभरका सोरुममा उपलब्ध गराइने कम्पनीले बताएको छ ।
कार्यक्रममा टाटा मोटसर्् प्यासेन्जर भेइकल इन्टरनेसनल बिजनेस हेड मायंक बाल्डीले नेपालमा सार्वजनिक गरिएको नयाँ एनआरजी टाटाको लोकप्रिय ह्याचब्याकको टफ भर्जन रहेकाले ग्राहक रोजाइमा पर्ने बताए ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारका लागि नयाँ र विशेष गाडी भएकाले नेपाली ग्राहकको छनोटमा पर्ने विश्वास व्यक्त गरे ।
पुस स्टार्ट बटन, रियर पार्किङ क्यामेरा र अटो फोल्ड ओआरभीएमजस्ता विशेषताले यो गाडीलाई थप आकर्षित बनाएको कम्पनीको भनाइ छ । । १२०० सिसीको इन्जिन क्षमतासहित म्यानुअल एवं एटिएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभूति दिने दाबी कम्पनीले गरेको छ ।