काठमाडौं– नेपाल टेलिकमले मंगलबारदेखि नेपाल डिजिटल पेमेन्ट कम्पनीको सहकार्यमा अनलाइन भुक्तानी सेवा सुरु गर्दै छ । टेलिकमका अनुसार सुरुमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् । कम्पनीमा नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । कम्पनीले थप तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे मंगलबारदेखि सञ्चालनमा ल्याइन लागेको बताए । वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । प्रयोगकर्ताले मोबाइल एप तथा युएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।सुरुमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानीलगायत सेवा उपलब्ध हुनेछन् ।