काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैँलाई लक्षित गर्दै हातै खाली नजाने अफर ल्याएको छ ।
योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकले चार पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
टाटाको ट्रक, टिपर, बस, मिनीट्रक, मिनिटिपर, योद्धा, एस, विंगर, इन्ट्रा र म्याजिकलगायत गाडी खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याकजस्ता आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
हरेक साताको लक्की ड्रमार्फत बुकिङ गर्ने ग्राहकमध्ये एक जनाले ४० इन्चको एमआई स्मार्ट टिभी पाउनेछन् । बम्पर लक्की ड्रमार्फत गाडी खरिद गरेकामध्ये ४३ जनाले थप उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।